विदुर नगरपालिकामा हुँदै आएको खानेपानीको व्यवस्थापन दक्षिण एशियाकै उदाहरणीय

विदुर । विदुर नगरपालिकामा हुँदै आएको खानेपानीको व्यवस्थापन दक्षिण एशियाकै उदाहरणीय रहेको एक अध्ययनले देखाएको छ ।

साउथ एसिया इन्ष्टिच्युट अफ एड्भान्स्ड् स्टडिज ‘सियास’ले गरेको अध्ययनमा बढ्दो खानेपानीको समस्यामा समेत विदुर नगरपालिकामा सहज व्यवस्थापन भइरहेको देखाएको हाे ।

अध्ययननुसार, ठूला खानेपानीको आयोजनासँगै स–साना खानेपानी उपभोक्ता समिति मार्फत् हुँदै आएको पानी व्यवस्थापनले प्रकोप र बिपद्को समयमा पनि पानीको व्यवस्थापनमा सहजता भएको देखिएको हाे ।

सन् २०१४ देखि अध्ययन सुरु भएको विदुर नगरपालिकामा भारत र नेपालकै ठूला शहरको तुलनामा सहज व्यवस्थापन भइरहेको अध्ययनले देखाएको छ । हाल भइरहेका पानीको स्राेतको दिगोपना र व्यवस्थापनमा भने स्थानीय तहले काम गर्नुपर्ने बताईएको छ ।

अनुसन्धानर्ताहरू क्रमशः हेमन्तराज ओझा, काैस्तुभराज न्याैपाने, दिल खत्री, कमल देवकोटा, ङमिन्द्र दहाल, टिकेश्वरी जोशी र इस्टर क्राज्नाइ कोभाक्स रहेका छन् ।

साउथ एसिया इन्ष्टिच्युट अफ एड्भान्स्ड् स्टडिज (सियास) ले नेपालका धरान, धुलिखेल, विदुर र भारतका हल्द्वानी र मसुरी सहरमा सन् २०१४ देखि यी सहरहरुको खानेपानी व्यवस्थापनका विभिन्न पक्षहरुलाई समेटेर एक अध्ययन गरेको थियो । विदुरमा बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्ने मुख्य प्रणाली बाहेक ३१ वटा स–साना खानेपानी उपभोक्ता समूहहरु रहेको अध्ययनले देखाएको छ ।

अध्ययनकाे पूर्ण पाठ

१४ पुस २०७७, को गाँउ सहरमा प्रकाशित